Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३१ रूपैयाँ ६६ पैसा र बिक्री दर १३२ रूपैयाँ ३६ पैसा रहेको छ । युरो एकको खरिद दर १३८ रूपैयाँ ०२ पैसा र बिक्री दर १३८ रूपैयाँ ६५ पैसा रहेको छ ।    

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ८७ पैसा र बिक्री दर १६० रूपैयाँ ६० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०३ पैसा र बिक्री दर ३६ रूपैयाँ २० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार ०६:४७   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।