काठमाडौं । कोरोना महामारीले गर्दा ठप्प कतिपय गतिविधि सुचारु हुन थालेका छन् । यसैको एउटा उदाहरण ५ सय ३८ जनाले आज डाक्टरको प्रमाणपत्रको लागी परिक्षा दिएका छन् ।
यति धेरै मानिसहरु एक ठाउँमा जम्मा हुँदा जोखिम हुने भएता पनि बुढानिलकण्ठ स्कुलको कुशल व्यवस्थापनले गर्दा यतिको संख्यामा एकै ठाउँमा परिक्षा लिन सम्भव भएको बताईएको छ ।
पुर्ण रुपमा सुरक्षा सतर्कता अपनाईएको परिक्षा स्थलमा भौतिक दुरी कायम गरिएको थियो । परिक्षार्थी र परिक्षा लिने नेपाल मेडिकल काउन्सिलले समेत परिक्षा व्यवस्थापनमा निभाएको भूमिका प्रति स्कुलको प्रशंसा गरेका छन् ।
परिक्षा स्थलमा परिक्षार्थीहरुको लाईनमा भौतिक दुरी कायम गरिएको थियो भने प्रसस्त स्यानिटाईजरको व्यवस्था गरिएको थियो ।























प्रतिक्रिया