Logo

प्रमुख समाचार

मेरो आदत कसैले नसिक्नु, स्वास्थ्यलाई हानीकारक छ : केपी ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ४ घण्टाभन्दा बढी नसुत्ने गरेको बताएका छन् ।

उनले जति समय भन्यो त्यति नै समयका लागि सुत्ने बानी परेको पनि बताएका छन् । ओलीले रातकै समयमा पढ्ने गरेको पनि बताए ।

बिहान भने आफूसँग समय नै नहुने उनले खुलाए । ओली पोखरामा आयोजित नेपाल साहित्य सम्मेलनमा गैरराजनीतिक विषयमा शुक्रबार दिउँसो पत्रकार अखण्ड भण्डारीसँग गफ गर्दै थिए ।

‘अरु भेट्न आए त ठीकै छ, नेता नै आएपछि भेट्नैपर्‍यो । त्यसैले समय हुँदैन । म ५ मिनेट सुत्छु, ७ मिनेट सुत्छु, मलाई आर्लाम चाहिँदैन । कहिलेकाहिँ ४ घण्टाभन्दा बढी पनि सुत्छु तर त्यो सुतेर उठेको सुताइ हुन्छु, उनले भने, तपाईंहरुले मेरो बानी नसिक्नुहोला, राति अबेरसम्म नबस्नुस्, बरु बिहान सबेरै उठेर पढ्नुहोस् ।’

उनले लेख्नु भनेको ज्ञानलाई संगठित गर्नु भएको पनि बताए। ज्ञानलाई संगठित बनाउन लेख्नैपर्ने पनि उनले बताए । पढ्नु भनेको ज्ञान प्राप्त गर्नु भएको उनको तर्क छ ।

पत्रकार अखण्ड भण्डारीसँगको सवाल जवाफ सेसनमा उनले यो पटकको विश्वकपमा आफूले अर्जेन्टिनालाई समर्थन गरेको बताए ।

हो,यस पटक मैले अर्जेन्टिनालाई समर्थन गरेको थिएँ, अर्जेन्टिनालाई मैले तटस्थ समर्थन गरेको हो । फाइनल भिडन्त बहुतै रोचक भयो, उनले भने, मैले फाइनल खेल पूरै हेरेँ । राति भएकाले खेल हेर्न मलाई समस्या भएन। अरु काम पनि नहुने भएकाले ढुक्कसँग फाइनल हेरेँ ।

उनले फाइनल हेरिरहँदा आफूले उठेर हुटिङ गरेको बताए । मैले अर्जेन्टिनाको समर्थनमा उठेर कराएँ । तर मैले यहाँबाट कराएको कसैले सुन्ने त थिएनन् । खेलाडीले पनि सुन्दैन थिएु, उनले भने, तर खेलसँगै बग्दै गएपछि एउटा जोश आउँदो रहेछ। त्यही जोशले मैले उठेर हुटिङ पनि गरेँ ।

प्रकाशित मिति : ९ पुष २०७९, शनिबार १४:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।