नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्नेगरी अगाडि बढेका छन् । सो पक्रियाका लागि उनले पुष २४ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाएका छन् ।
उक्त बैठकमा पार्टीको आगामी रणनीति, आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषय र माओवादीसँगको एकताको बारेमा छलफल हुने बनाइएको छ ।
नेपाल समाजवादी पार्टीले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हको प्रयोग गरेका थिए । यसैगरी, आफू निर्वाचित हुँदै गरेको गोर्खा क्षेत्र नम्बर २ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाडिदिएका थिए ।
जनयुद्धकालमा सहकार्य गरेका प्रचण्ड र बाबुराम पछिल्लो समय नजिक छन् । प्रधानमन्त्रीसमेत रहेका प्रचण्डसँग सोमबार अध्यक्ष भट्टराईले भेटवार्ता गरेका थिए ।
मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्रराय यादव विजयी भएका छन् ।




















प्रतिक्रिया