Logo

प्रमुख समाचार

विश्वासको मत नपाउँदै सरकारमा बबाल, कर्मचारीहरूभित्र खैलाबैला



काठमाडौं । कम्युनिस्ट सरकारले सचिवहरूको सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, कानून, उद्योग वाणिज्य, प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरूको सरुवा गरेको हो ।

अर्थ मन्त्रालयका दुवै सचिवको सरुवा भएको छ । अर्थसचिव कृष्णहरि पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको छ । अर्थ सचिवमा वाणिज्य सचिव तोयम रायलाई ल्याइएको छ ।

रायलाई अर्थमा सरुवा गरेर खाली भएको स्थानमा प्रधानमन्त्री कार्यालयका सचिव मधु मरासिनीलाई लगिएको छ ।

राजस्व सचिव रामेश्वर दंगाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगेर आयोगका सचिव रामप्रसाद घिमिरे ल्याइएको छ ।

प्रधानमन्त्री कार्यालयका कानूनतर्फका सचिव धनराज ज्ञवालीलाई कानून मन्त्रालय लगेर कानून सचिव उदयराज सापकोटा ल्याइएको छ ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार ०९:४८   :  बजे

837
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।