काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नेपाली युवाहरुमा लोकतान्त्रिक चेत भर्न जेसीजको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
काठमाडौं जेसीजको पदस्थापन कार्यक्रममा बोल्दै पौडेलले युवाहरुलाई विधिको शासन र लोकतन्त्रप्रति प्रतिवद्ध बनाउ जेसीजले सबैभन्दा बढी योगदान गरेको बताए ।
विधिको शासनप्रतिको जेसीजको प्रतिवद्धता नेपालका राजनीतिक दलहरुका लागि समेत अनुकरणीय रहेको पौडेलले बताए । उनले जेसीजको संगठन र क्रियाशीलतालाई विस्तार गर्न जरुरी रहेकोमा जोड समेत दिए ।




















प्रतिक्रिया