प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयता र गणतन्त्रविरोधी दलहरुसँग गठजोड गर्नु बाध्यता भएको बताएका छन् । नेपाल पत्रकार महासंघको टोलीसँग उनले जनमतबाट निर्वाचित शक्ति भएका कारण संघीयता र गणतन्त्रविरोधी दलहरुसँग गठजोड गर्न बाध्य भएका बताएका हुन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टका अनुसार महासंघका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डलाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र कट्टर विरोधीबीच कसरी गठबन्धन सम्भव भयो भन्ने प्रशंग उठाएका थिए ।
जवाफमा उनले आफूहरु जनयुद्ध र जनआन्दोलनको बलमा अहिलेको परिवर्तन ल्याउन सफल भए पनि जनमतबाट निर्वाचित शक्तिहरु भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई एकगठ गर्न बाध्य भएको बताएका थिए ।
‘हिजो प्रधानमन्त्रीसँगको भेटमा महासंघ पदाधिकारीले प्रधानमन्त्रीलाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र यसका कट्टर विरोधीबीच कसरी गठवन्धन सम्भव भयो भन्ने प्रशंग उठाएका थिए, विष्टले भने, जवाफमा प्रधानमन्त्रीले आफूहरु जनयुद्ध र जनआन्दोलनको बलमा अहिलेको परिवर्तन ल्याउन सफल भए पनि जनमतबाट निर्वाचित शक्तिहरु भएकाले उनीहरुसँग राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई एकगठ गर्न बाध्य भएको बताउनुभयो ।
महासंघको टोलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल र युट्युबले जनमत बदल्ने गरेको भन्दै सचेत हुनु पर्नेमा पनि जोड दिएका थिए । सामाजिक सञ्जालले बदल्ने जनमत अस्थायी हुने भए पनि नियमन जरूरी रहेको उनको भनाइ थियो ।




















प्रतिक्रिया