Logo

प्रमुख समाचार

अहिलेको परिस्थिति धेरै बलिदानीपछि आएको हो : केपी ओली



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था ठूलो बलिदानीबाट आएको बताएका छन् । प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको व्यवस्था ल्याउनका निम्ति ज्यान आहुँति गर्ने ज्ञात अज्ञात शहीदहरुको सम्झना गरेका हुन् ।

‘यो परिस्थिति यत्तिकै आएको छैन । धेरै बलिदानीपछि आएको हो । यो परिस्थिति ल्याउन ज्यान आहुँति गर्ने ज्ञात अज्ञात शहीदप्रति सम्मान प्रकट गर्छु,’ उनले भने । साथै, प्रतिनिधि सभामा निर्वाचित भएर आएका सबै सांसदलाई उनले बधाईसमेत दिएका छन् ।

‘संविधान जारी भएपछिको दोस्रो आम निर्वाचनबाट निर्वाचित भएर आउनुभएका सबै सांसदलाई बधाई दिन्छु,’ उनले भने ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १६:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।