Logo

प्रमुख समाचार

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ, तीन मन्त्री नियुक्त



पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ ग्रहण गराएका हुन् ।

त्यसअघि प्रदेश प्रमुख गुरुङलेअधिकारीलाई आफ्नै कार्यालयमा मुख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गरेका थिए । अधिकारीले आफ्नो दल एमालेसहित माओवादी, राप्रपा र एक स्वतन्त्र गरी ३३ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए ।

मुख्मन्त्री अधिकारीले शपथग्रहणसंगै तीन सदस्यीय मन्त्री मण्डल विस्तार गरेका छन् । शुरुआती चरणमा सत्ता साझेदार तीन पार्टीका एक(एक जना सांसदलाई मुख्यमन्त्री अधिकारीले मन्त्री नियुक्त गरेका हुन् ।

मन्त्री नियुक्त हुनेमा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमाले सांसद सीता सुन्दास र राप्रपा सांसद पञ्चराम गुरुङले छन् ।

मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको छैन । पूर्व आन्तरिक मामिला मन्त्रीसमेत रहेका चुमान पुनः प्रदेशको गृहमन्त्री बन्ने सम्भावना रहेको बताइन्छ ।

मुख्यमन्त्री अधिकारीले आफ्नो मन्त्रीमण्डल निकै सानो बनाउने उद्घोष गरेका छन् ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १७:४७   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।