Logo

प्रमुख समाचार

अहिलेको सरकार रिमोट कन्ट्रोल केपी ओलीको, फेस प्रचण्डको : उदयशमशेर जबरा



नेपाली कांग्रेसका नेता उदय शमशेर जबराले नेकपा माओवादी केन्द्र गठबन्धनको मर्म र सिद्धान्त भन्दा पनि पदमा लोभिएको आरोप लगाएका छन् ।

उनले ठूलो दलको हैसियतमा सुरुको साढे दुई वर्ष कांग्रेसले सरकारको नेतृत्व गर्छ भन्दा प्रचण्ड गठबन्धन तोड्न तयार भएको बताएका हुन् ।

कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिए पनि सहकार्यको ढोका सधैं खुल्ला रहने उनले बताए ।

अर्थतन्त्र सुधारका लागि कांग्रेस विपक्षमा बस्दै गर्दा प्रोडक्टिभ भूमिका रहने उनको दाबी छ । कांग्रेस अहिले प्रतिपक्षको भूमिकामा बस्न उचित हुने र संसदीय दलको बैठकमा आफ्नो धारणा पनि त्यही रहने बताउँदै उनले भने– ‘हामी पार्टीको निर्णय मान्छौं । शेरबहादुर देउवा एक्लैले पनि सबै निर्णय गर्ने होइन ।

हामीले आफ्नो धारणा राख्छौं । सबैको आ–आफ्नो धारणा मात्रै लागू गरेभने पार्टी पार्टी हुँदैन । छलफल गर्ने हो, नेतृत्वले निर्णय गरिसकेपछि स्वीकार्नु पर्छ ।

साथै, अहिलेको सरकारको पावर बालकोट तिर भएको भन्दै उनले प्रचण्ड नेतृत्वको सरकारलाई संवैधानिक प्रधानमन्त्रीको संज्ञा दिए । प्रचण्ड नेतृत्वको सरकार केपी ओलीको रिमोट कन्ट्रोलमा रहेको उनको आरोप छ । यस्तो सरकार धेरै लामो समयसम्म कायम रहन नसक्ने पनि उनले बताए ।

अहिलेको सरकार केपी ओलीको इसारामा, रिमोर्ट कन्ट्रोल केपी ओलीको फेस चाहिँ प्रचण्डको । त्यसैले यस्तो सरकार टिक्न गाह्रो होला जस्तो मलाई लाग्छ, उनले भने ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार ११:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।