नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको प्रतिनिधि सभाबाट जनताले धेरै अपेक्षा गरेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै देउवाले जनताका अपेक्षाअनुसार कांग्रेसले भूमिका खेल्ने बताए।
देउवाले आफ्नो नेतृत्वमा नेपालमै पहिलोपटक स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा निर्वाचन सम्पन्न भएको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठकमा शुभकामना मन्तव्य दिँदै देउवाले यो प्रतिनिधि सभाबाट देश र जनताले धेरै ठूलो अपेक्षा गरेको बताए । उनले यो प्रतिनिधि सभाको कार्यकालले संविधानको रक्षा गर्न सक्नु पर्ने बताए ।
उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनाएकोमा मतदातालाई धन्यवाद दिए । देउवाले आफूलाई विशेष परिस्थितिमा १८ महिनाअघि प्रधानमन्त्री बन्ने अवसर आएको भन्दै सो सरकार र गठबन्धनले संविधान जोगाएका दाबी गरे ।
देउवाले देशमा जुनसुकै बेला जस्तोसुकै समस्या आए पनि कांग्रेसले आफ्नो नेतृत्वमा संविधान दिएको स्मरण गर्दै नेपालको संविधान रक्षाको लागि आफू सदैव क्रियाशील रहने बताए । उनले कांग्रेस यो प्रतिनिधिसभामा रचनात्मक र जिम्मेवार प्रतिपक्ष बन्ने भन्दै प्रधानमन्त्री बनेकोमा प्रचण्डलाई पूर्ण कार्यकाल सफलताको शुभकामना दिए ।




















प्रतिक्रिया