नबिल बैंक लिमिटेडमा ५२.३५ प्रतिशत स्वदेशी सेयर स्वामित्व रहेको छ भने ४७.६५ प्रतिशत विदेशी सेयर स्वामित्व रहेको छ ।
नबिल बैंकमा ३ कम्पनीसहित २ जना सेयरधनीको ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेको छ ।
नबिल बैंकमा एन।बी इन्टरनेशनलको सबैभन्दा बढी लगानी रहेको छ । सो बैंकमा एन. बी इन्टरनेशनलको सेयर स्वामित्व ३९.४४ प्रतिशत अर्थात ९ अर्ब ४७ लाख ४६ हजार २०० रुपैयाँको रहेको छ ।
त्यसैगरी, आई.एफ.आई सी बैंकको ७.७७ प्रतिशत अर्थात १ अर्ब ७७ करोड ३६ लाख ८ हजार ८०० रुपैयाँको सेयर स्वामित्व रहेको छ ।
नबिल बैंकमा तेस्रो ठूलो सेयर स्वामित्व राष्ट्रिय बीमा कम्पनीको रहेको छ । राष्ट्रिय बीमा कम्पनीको ७.६३ प्रतिशत अर्थात १ अर्ब ७४ करोड १५ लाख १७ हजार ९०० रुपैयाँको सेयर स्वामित्व रहेको छ ।
त्यसैगरी, अन्य ठूला सेयरहरु निर्वाण कुमार चौधरीको ०.७० प्रतिशत अर्थात १६ करोड १ लाख २३ हजार २ सय रुपैयाँ र बरुण चौधरीको ०.६७ प्रतिशत अर्थात १५ करोड २६ लाख ५७ हजार रुपैयाँ रहेको छ ।




















प्रतिक्रिया