Logo

प्रमुख समाचार

ओली संयोजक रहेको संयन्त्रसँग जसपाको असन्तुष्टि



प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर मन्त्रालय भागबन्डाको समय चित्त नबुझाएको जनता समाजवादी पार्टी, (जसपा) नेपालको संसदीय दलको बैठक आज पनि डाकेको छ ।

प्रचण्डले दोस्रो पटक हिजो मन्त्रिपरिषद् गठन गरेसँगै शुरु भएको जसपाको बैठक आज पनि बस्ने भएको हो । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ ।

हिजोको बैठकले एमाले अध्यक्ष केपी ओली संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रले सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको ठहर गरेको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १०:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।