Logo

प्रमुख समाचार

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्ने



जनकपुरधाम। नेपाली कांग्रेस मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने भएको छ । आजको प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने र आफूहरु प्रतिपक्षमा बस्ने स्पष्ट पारेक हुन् ।

प्रदेशसभाको बैठकमा बोल्दै सांसद यादवले कांग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन् । उनले सत्तारुढ गठबन्धनको पर्याप्त बहुमत हुँदाहुँदै कांग्रेसले मत दिँदै प्रतिपक्षी बेञ्चमा बसेर भूमिका निर्वाह गर्ने बताए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १४:५९   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।