Logo

प्रमुख समाचार

लेखेर राख्नुस् एमालेले अघि सारेको उम्मेदवार नै राष्ट्रपति हुन्छ : राजन भट्टराई



नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले भारतले नेपालसँग ऐतिहासिक कालखण्डमा भएका सन्धि सम्झौता जस्ताको तस्तै राख्न नमिल्ने औंल्याएका छन् ।

उनले भने, नेपाल र भारत सम्बन्ध आधारभूत रुपमा अत्यन्त राम्रो रहिआएको छ । तर हाम्राबीचमा समस्या पनि छन् । दुवै देशको स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनमा अग्रज नेताहरुको योगदान थियो ।

त्रिभुवन राजपथ, अन्तर्राष्ट्रिय विमानस्थल, त्रिशूली जलविद्युतलगायत विकास निर्माण र पूर्वाधार विकास भारतीय सहयोग बिर्सन सकिँदैन । तर सन् १९५० जस्ता इतिहासका कालखण्डमा गरेका सन्धि सम्झौता जस्ताको तस्तै हुनुपर्छ भन्नु कति जायज हो ? मित्रको भावना नबुझीकन कसरी मित्रता कायम रहन्छ ?,

नेपाल र भारतबीचको सीमा विवाद रातारात समाधान नभए पनि समाधानै हुन नसक्ने खालको नरहेको पनि उनको दाबी छ । भट्टराईले भने, ‘सन् १८१६ को सुगौली सन्धिबाट नेपालको भूभाग र नक्सा कायम भएको हो । त्यसमा नेपालको सीमा प्रस्ट छ ।

कालापानी, लिम्पियाधुरा र लिपुलेक १४६ वर्षसम्म हाम्रै थियो । सन् १९६२ मा चीनसँगको युद्धमा भारतीय सेना आएर त्यहाँ बसेको हो । हजारौं वर्षअघिका समस्या त समाधान भएका छन् भने यो त जम्मा दुई सय वर्ष अगाडिको समस्या हो । यो विवाद आजको भोलि रातारात समाधान नहोला । तर समाधान गर्नै सकिँदैन भनेर कसैले निर्णयमा पुगिदिन मिल्दैन ।

फरक प्रसंगमा उनले आगामी राष्ट्रपति नेकपा एमालेले नै पाउने दाबी गरे । भट्टराईले थपे, ‘हामीले प्रचण्डलाई समर्थन गरेर प्रधानमन्त्री छाड्यौं । अब सभामुख र राष्ट्रपति एमालेले पाउनुपर्छ कि पर्दैन ? निर्वाचन नहुन्जेल सबै षडयन्त्र नाकाम हुन्छन् । एमालेले अघि सारेको उम्मेदवार नै राष्ट्रपति हुन्छ, लेखेर राख्नोस् ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार १०:४५   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।