Logo

प्रमुख समाचार

एमालेलाई राष्ट्रपति नसुम्पिन प्रचण्डमाथि नेताहरुको दबाब



नेकपा एमालेलाई राष्ट्रपति नछाड्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)माथि पार्टीभित्रबाटै दबाब बढेको छ ।

पार्टीको जारी स्थायी कमिटीको बैठकमा पुस १० को सहमतिअनुसार एमालेलाई सर्वसम्मत राष्ट्रपति नसुम्पिन अधिकांश नेताहरुले प्रचण्डमाथि दबाब बढाएका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे पार्टी नेताहरुसँग सुझाव मागेपछि माओवादी नेताहरुले एमाले लाई राष्ट्रपति दिन नहुनेमा जोड दिएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले जतिवेला पनि अप्ठ्यारो पार्न सक्ने भएकाले वेलैमा सचेत हुनुपर्ने उनीहरुको भनाइ थियो ।

यसअघि ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि ओली र प्रचण्डको सहकार्यमा ब्रेक लागेको थियो । तर, कांग्रेस नेतृत्वको गठबन्धनमा चुनाव लडेका प्रचण्ड प्रधानमन्त्री नपाएकोले ओलीसँग सहकार्य गर्न गरेका थिए

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार २२:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।