सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहको शपथ भोलि (शुक्रबार) हुने भएको छ ।
विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा बुझाएसँगै प्रदेश प्रमुख देवराज जोशीले काँग्रेसका कमल शाह नियुक्त गरेका हुन् ।
एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको हो ।
बिहीबार अपराह्न बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए । तर, विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको थियो ।




















प्रतिक्रिया