Logo

प्रमुख समाचार

राष्ट्रपति चुनावसम्म थप कम्पन आउन सक्छ : बाबुराम भट्टराई



नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा राष्ट्रपतिको चुनावसम्म थप कम्पन आउने टिप्पणी गरेका छन् । बिहीबार विश्वासको मत नपाएर सुदूरपश्चिममा एमालेको सरकार ढलेपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

उनले ट्वीटरमा लेखेका छन्, ‘आमचुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सु प प्रदेश सरकार पतन, यी घटनाले देश अर्को अस्थिरताको दुष्चक्रमा फस्नलागेको संकेत गर्छ। राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउनसक्छ। अर्थतन्त्रका गम्भीर संकट छदैछन्। भूराजनीति अरू तात्दैछ ।अब पनि द्वन्द कि सहमतिको बाटो ?

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार ०९:१५   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।