Logo

प्रमुख समाचार

उच्चस्तरीय संयन्त्रको बैठकमा किन गएनन् यी तीन दल ?



नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सत्तारुढ गठबन्धनका तीन सहयात्री दल अनुपस्थित भएका छन् ।

एमाले अध्यक्ष ओलीसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन बैठकमा सहभागी छन् । तर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ बैठकमा नगएका हुन् ।

जसपा प्रवक्ता मनिष सुमनका अनुसार यादव अहिले जनकपुरबाट काठमाडौं फर्किँदै छन् । उनी आइपुग्दासम्म बैठक सकिएन भने सहभागी हुने सुमनले जानकारी दिए । यस्तै, जनमत पार्टी सचिवालयका अनुसार सीके राउत पनि आएनन् ।

उनी विवेकशील साझाको महाधिवेशनमा पुगेका छन् । नागरिक उन्मुक्तिकी श्रेष्ठले आफू डिल्लीबजार कारागारमा रहेको बताइन् । नागरिक उन्मुक्ति यसअघि पनि संयन्त्रको बैठकमा गएको थिएन । सो पार्टीले हिजो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिएपछि सरकार ढलेको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार १९:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।