Logo

प्रमुख समाचार

गृहमन्त्रीपाए रास्वपा सरकारमा जाने



राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको संसदीय दल र केन्द्रीय समितिको बैठकले सरकारमा जाने नजाने बारे छलफल नगरेको बताइएको छ ।

बैठक पछि सञ्चारकर्मीहरुसँग रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी सरकारमा जाने नजाने विषयमा छलफल नभएको बताए । उनले सहमति बन्नसकेमा भने सरकारमा जान सकिने बताएका छन् ।

ग‍ृह मन्त्रालय आफ्नो भागमा परेकोले पार्टी सरकारमा सहभागि बने उक्त मन्त्रालय आफूले पाउनुपर्ने रास्वपाको माग छ । रास्वपाका रवि लामिछानेको नागरिकता विवादसँगै उपप्रधानसहित गृह मन्त्रालय गुमाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार २३:०७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।