Logo

आजको तस्बिर

१६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला भृकुटीमण्डमा सुरु (फोटोफिचर)



१६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९ राजधानीको भृकुटीमण्डमा आज(फागुन २ गते) बाट सुरु भएको छ । पाँच दिनसम्म चल्ने औद्योगिक प्रदर्शनीको औपचारिक उद्घाटन आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन् ।

मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादनमूलक लघु घरेलु तथा साना उद्योगका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्जाहरूलाई पुनःपरिभाषित गर्ने पनि बताएका छन् । उनले सम्भावनायुक्त उद्योगहरूको प्रोत्साहनमा विशेष कार्यक्रमको अगाडि सार्ने उल्लेख गर्दै यस्तो बताएका हुन् ।

आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न गुणस्तरीय वस्तुको उत्पादन, निर्यात बढाउने र आयात प्रतिस्थापन गर्नेसहितका विषयमा राज्यले ध्यान दिने प्रधानमन्त्रीले सम्बोधनमार्फत उल्लेख गरेका छन् ।

लघु, घरेलु तथा साना उद्योगीले उपभोग गरेको कर्जालाई नवीकरण गरी थप पुनर्कर्जा प्राप्त गर्ने वातावरण बनाइने दाहालले बताए ।

उक्त मेला आगामी ६ फागुनसम्म चल्नेछ । विभिन्न घरेलु तथा स्वदेशी उत्पादनसहित अन्तर्राष्ट्रिय उत्पादन पनि प्रदर्शनीमा राखिएको छ ।

स्वदेशी उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले मेला आयोजना भएको छ । मेलामा ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीहरूको प्रतिनिधिमूलक संस्थाको सहभागि हुने छ ।

‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं भन्ने मुल नारासहित ‘मिहिनेत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने सहायक नारासहित मेला आयोजना भएको छ ।

(फोटोफिचर)

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार १९:१०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।