Logo

धर्म / संस्कृति

महाशिवरात्रिको विशेष तयारी पूरा (तस्बिरहरू)



काठमाडौं । आगामी शनिबार मनाइने महाशिवरात्रि पर्वको विशेष तयारी पूरा भएको छ । महाशिवरात्रीको लागी रङ्ग रोगन ,सरसफाइ , सी।सी। टिभी जडान , फूल सजाउने काम, स्वाथ्य र सञ्चार व्यवस्थापन लगातका तयारी पुरा भएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवति रवण अधिकारीले जनाकारी दिए।

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न करिब २० लाख भक्तजन आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषको अनुमान छ ।

महाशिवरात्रिको दिन नेपाल प्रहरी , सशस्त्र प्रहरी बल र स्काउटले संयुक्त सुरक्षना दिने र सहज र सरल तरिकाले दर्शन गर्ने व्यवस्था मिलाइएको अधिकारीले जानकारी दिए। महाशिवरात्रिक नजिकिएसँगै देशविडेशबाट भक्तजनहरु काठमाडौं आइपुगेका छन् । मेलामा भारत, मलेसिया ,बङगलादेश लगायतका मुलुक र नेपालका विभिन्न ठाउबाट भक्तजनहरु आएका छन्।

तस्बिरहरू

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार १८:३०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।