Logo

प्रमुख समाचार

नेपालको निरन्तर अधोगतिप्रति अब चुप बस्न सक्दैनौं : पूर्वराजा ज्ञानेन्द्र शाह



नेपालको निरन्तर अधोगतिप्रति चासो राख्दै पूर्व राजा ज्ञानेन्द्र शाहले आफू बिषम परिस्थितिमा पनी देश छाडेर नगएको स्मरण गराउदै अब नेपालको निरन्तर अधोगतिप्रति चुप बस्न नसकिने बताएका छन् । साथै उनले राजनीतिक दलहरूलाई सहकार्यको प्रस्ताव समेत राखेका छन् ।

देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने उनले बताएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्या शुभकामना सन्देश जारी गर्दै शाहले नेपालको निरन्तर अधोगति प्रति अब आफू मौन रहन नसक्ने बताउँदै उनले पछिल्ला वर्षहरूमा देशको दीर्घकालीन शान्ति ,स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको प्रति चिन्ता व्यक्त गरेका छन् ।

पूर्व राजा शाहले हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशालाग्दा नतिजाहरूबाट मुलुकको आगामी दिशाबारे आङ्कलन गर्न सकिने बताएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार १९:५१   :  बजे

1.7K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।