नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । २ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न गर्दै उनले १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको उनले बताए ।
अध्यक्ष ओलीले प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्रले दलहरूसँग सहकार्य गर्न गरेको प्रस्तावको कुनै औचित्य नभएको बताए । उनले भने, ‘शाह आफैँ अलमलमा रहेछन् । यसैले उनले गरेको प्रस्तावको कुनै अर्थ नै छैन ।’




















प्रतिक्रिया