Logo

प्रमुख समाचार

चार दलकाे बालुवाटार बैठक : उपराष्ट्रपति जसपाले पाउने पक्का



काठमाडौं । उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)ले पाउने पक्का भएको छ । राष्ट्रपति र उपपराष्ट्रपतिबारे सहमित खोज्न शुक्रबार बिहान बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका शीर्ष नेताहरुको बैठकबाट उपराष्ट्रपति पद जसपाले पाउने सहमति भएका बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

राष्ट्रपतिमा दोहोरो दाबी परेका कारण दलहरु सहमतिमा पुग्न सकेका छैनन् । राष्ट्रपतिमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी छ । यद्यपि कांग्रेसले नै राष्ट्रपति लिने सम्भावना बलियो रहेको नेताहरुको भनाइ छ ।

आ–आफ्नो दलमा छलफल गरेर फेरि आजै ५ बजे बैठक बस्ने र एउटा निर्णयमा पुग्ने कांग्रेस महामन्त्री गगनकुमार थापाले बताएका छन् ।

  • याे पनि…

राष्ट्रपतिबारे चार दलकाे बालुवाटार बैठक सकारात्मक, ५ बजेपछि निर्णय

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १३:२१   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।