राप्रपा पार्टीका अद्यक्ष राजेन्द्र लिङ्देनले दुर्गा प्रसाईको कार्यक्रमलाई आफूहरुले समर्थन गर्न नसक्ने बताएका छन् ।
एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले बैंकबाट ऋण लिएर ब्याज र किस्ता नतिर्ने अनि बैंकले ठग्यो भन्दै हिड्ने व्यक्तिलाई कुनै हालतमा साथ दिन नमिल्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘केपी ओलीलाई देखाएर पाँच अर्वभन्दा बढी ऋण लिएर ब्याज र किस्ता नतिरेर, आठ अर्वभन्दा बढी पुगेको छ। कति पैसा चोर बाटोबाट बिदेशमा पठाएर बसेको छ,त्यस्तो मान्छेले अब बैंकको ब्याज नतिर्ने किस्ता नतिर्ने भन्दा ताली बजाएर बसेका छन् ।’बैंकमार्फत जनता ठग्नेले राजा र हिन्दुराष्ट्र ल्याईदिन्छ भन्दै कुदेको देख्दा अचम्म लाग्छ। ‘ उनका गलत कदममा साथ दिनेहरुलाई लक्षित गर्दै उनले भने ।
राप्रपाले प्रसाईको कार्यक्रममा समर्थन नगरेको भनेर उठेको प्रस्नको जवाफमा लिङ्देनले भने, एउटा बैंक ठग्ने ठगलाई राप्रपाले समर्थन गर्दै हिड्नु ?
आज नेकपा एमालेले दुर्गा प्रसाईंलाई पदबाट निस्कासित गरिसकेको छ । पार्टी मुख्यालयमा शनिबार बसेको सचिवालय बैठकले पार्टीको नीति नियम विपरित मनोमानी ढंगले पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनका परिवारलाई निमन्त्रणा गरेर छुट्टै अभिायन सुरुवात गरेको, आफू पनि बैंकको अर्वौ ऋण बोकेर अन्य ऋणीलाई समेत बैंक तथा बित्तीय सस्थाबिरुद्ध उचाल्दै ऋण लिएर नतिर्ने जस्तो गलत काममा प्रोत्साहन गरेर अफाह फैलाउदै हिडेपछि उनी बर्खास्त भएका हुन्।




















प्रतिक्रिया