काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा निर्णायक वार्ता सुरु भएको छ । शुक्रबार बिहान चार दलबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएपछि अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।
मङ्सिर १० गते सहमति अनुसार आफ्नो आफूले नै राष्ट्रपति पाउनुपर्ने अडानमा एमाले रहँदा माओवादी केन्द्र भने पूरानै गठबनधन ब्यूत्याउन लागिपरेपछि दुई दलबीचको दुरी बढिरहेका बेला दुई नेताबीच वार्ता भइरहेको ो । शुक्रबार बिहानमात्रै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको छ । यो सँगै पुस १० मा भने सात दलीय गठबन्धनको भविष्य संकटमा परेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धन बनेको थियो । एमालेले नै अग्रसरता लिएपछि १० पुसमा प्रचण्ड तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका थिए ।
- याे पनि…
चार दलकाे बालुवाटार बैठक : उपराष्ट्रपति जसपाले पाउने पक्का
राष्ट्रपतिबारे चार दलकाे बालुवाटार बैठक सकारात्मक, ५ बजेपछि निर्णय




















प्रतिक्रिया