Logo

प्रमुख समाचार

भोलि नै एमाले सरकारबाट बाहिरिने, पदाधिकारी बैठक बसेर निर्णय लिने !



नेकपा (एमाले) भोलि नै सरकारबाट बाहिरिने तयारी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुलाई भोलि नै सरकारबाट बाहिरिनेबारे जानकारी गराएका छन् ।

आज साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारबाट बाहिरिन लागेको हो ।

एमालेबाट अहिले विष्णु पौडेलको नेतृत्वमा मन्त्रीहरु सहभागी छन् । एमाले बाहिरिएपछि कांग्रेस सरकारमा सहभागी हुने तयारी गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार २१:०५   :  बजे

870
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।