Logo

प्रमुख समाचार

देशको सार्वभौमसत्तासम्म विदेशीको ढोक्सामा परिसक्यो : रवीन्द्र मिश्र



राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्रले नेपालमा राष्ट्रपतिको पददेखि देशको धर्म-संस्कृति/सार्वभौमसत्तासम्म बढ्दोरूपमा विदेशीको ढोक्सामा परिसकेको टिप्पणी गरेका छन् ।

नेपाली राजनीतिमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले ढोक्सा भन्ने शब्द चर्चामा ल्याएका हुन् । मिश्रले पनि ढोक्साको बारेमा चर्चा गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्-

ढोक्सै ढोक्सा ! उसले उसलाई, उसले उसलाई — सबैले सबैलाई ढोक्सा थाप्दा थाप्दै, राष्ट्रपतिको पददेखि देशको धर्म-संस्कृति/सार्वभौमसत्तासम्म बढ्दोरूपमा विदेशीको ढोक्सामा परिसक्यो ।

कमसेकम ‘राष्ट्रप्रमुख’को एउटा पदमा, ढोक्साको पासोभन्दा माथि, राजालाई राख्न पाए संकटका बेला देशको भलो हुन्थ्यो भनेको, सुन्नु पर्नेले किन सुन्थे र ! एक्लो बृहस्पति झूठो !

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार ०८:२०   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।