Logo

प्रमुख समाचार

राष्ट्रपतिमा रामचन्द्र पौडेल जिताउन कांग्रेसले कुन प्रदेशमा क–कसलाई खटायो ?



नेपाली कांग्रेसले राष्ट्रपतिका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन सातवटै प्रदेशमा पार्टीका केन्द्रीय नेता खटाएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पौडेललाई विजयी गराउन कांग्रेसले केन्द्रबाटै पदाधिकारीलाई खटाएको हो ।

बुधबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको शीर्ष नेताको बैठकले गठबन्धनको कार्यक्रमलाई नेतृत्व गर्न पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो । सोही अनुसार कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेस प्रदेशमा सहमहामन्त्री फरमुल्लाहा मन्सुरले जिम्मेवारी पाएका छन् ।

बागमती प्रदेशमा महामन्त्री गगन थापा र गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङलाई कार्यक्रमको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।

लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठोर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेले जिम्मेवारी पाएका छन् । पदाधिकारीलाई जिम्मेवार लिएका सभापति देउवाले सम्बन्धित प्रदेश सभापति र प्रदेश संसदीय दलको नेतालाई पनि बोधार्थ पठाएका छन् ।

फागुन १९ गते हुने प्रदेशस्तरीय भेलामा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य समेतको सहभागिता रहनेछ । पौडेलका प्रतिस्पर्धी नेकपा ९एमाले०का उपाध्यक्ष सुवास नेम्वाङ छन् । निर्वाचनका लागि संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार ०८:५६   :  बजे

1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।