काठमाडौं । इस्लाम धर्मावलम्बीको महान पर्व रमजान आज (शुक्रबार)बाट सुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बसि मनाउने गर्दछन् ।
मुसलमान समुदाय उर्दू पात्रोअनुसार बिहान ४ः१० बजेदेखि बेलुका ६ः२० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् ।
रमजान उर्दू पात्रोअनुसार हिजरी संवत् १४४४ हो भने महिना नवौँ महिना हो । रमजान महिनामा यो समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा नै अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ।
तस्बिरहरु हेर्नुहोस्





































प्रतिक्रिया