Logo

धर्म / संस्कृति

रोकियो रातो मच्छिन्द्रनाथको रथयात्रा



काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्रा रोकिएको छ । रथ प्राविधिक रुपमा मर्मत गर्नुपर्ने भएकोले रथयात्रा रोकिएको गुठी संस्थान ललितपुरले जनाएको छ ।

३२ हात लामो रथ पुल्चोकबाट तानेर गाबहालमा पुर्याइएको भोलिपल्ट सामान्यतयाः रथ तानेर मंङ्गलबजार पुर्याउने गरिन्छ। रथ मंङ्गलबजार गाबहाल पु¥याइएको छ। रथयात्राको पहिलो दिन गत सोमबार पुल्चोकबाट तानेर ल्याउने क्रममा रथ पटक पटक देब्रेतिर ढल्किएकोले बीच बाटो नबहालमै रथयात्रा स्थगित गरिएको थियो।

अघिपछि रथ पुल्चोकबाट तानेर एकदिनमै गाबहाल पुर्याउने चलन भए पनि यसपटक दुई दिन लागेको थियो। रथ बनाउने यँग्वालहरुले रथलाई वेतबाँस र डोरीले बाँध्ने गर्छन । रातो मच्छिन्द्रनाथको रथयात्रा आज बुधबार भने नहुने भएको छ।

केवल काठ, बेतबाँस र डोरीले बाँधेर बनाउने रथ बनाउने गरिन्छ । रथमा काठको काम बाराहीहरुले गर्ने गर्दछ भने वेत बाँस बाध्ने काम यँग्वालहरुले गर्ने गर्दछ । यस वर्ष रथ ६८ लाख रुपैयाँ खर्चिएर बनाइएको गुठी संस्थान ललितपुरले जनाएको छ । कम्तीमा डेढदेखि दुई महिना र बढीमा पाँच महिनासम्म रथयात्रा हुने भएकोले रातो मच्छिन्द्रलाई काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्राको रुपमा लिइन्छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १६:१३   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।