Logo

राजनीति

बालकृष्ण खाणलाई निलम्बन गर्नेबारे कांग्रेसमा जुटेन सहमति, बिहीबार पुन: छलफल हुने



काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गहृमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई के गर्ने भन्नेबारे छलफल भएको छ । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले नाम लिएपछि आज (बुधबार) निवासबाटै पक्राउ परेका खाणलाई पार्टीबाट निलम्बन गर्ने/नगर्ने बिषयमा शीर्ष नेताहरुबीच छलफल भएको हो ।

बुधबार खाण पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका थिए । खाणलाई अनुसन्धानका लागि हिरासतमा लिइएपछि निलम्बन निलम्बन गर्ने कि नगर्ने भन्ने विषय छलफल भएपनि सहमति नजुटेपछि पुनः बिहीबार बस्ने गरी बुधबारको बैठक सकिएको छ ।

स्राेतका अनुसार बुधबारकाे बैठकमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए । अब बिहीबारकाे बैठकले यसबारे अन्तिम निर्णय गर्ने बताइएकाे छ ।

  • याे पनि…

पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति

टोपबहादुर रायमाझीले संसद सचिवालयलाई पठाए बिरामी भएको पत्र

टोपबहादुर रायमाझी एमालेबाट निलम्बित

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार २०:४७   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।