काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएर प्रहरीको खोजी सूचीमा रहेका एमाले सचिव टोबहादुर रायमाझी पार्टीबाट निलम्बनमा परेका छन् । राज्यले गर्ने अनुसन्धान पक्रियामा सहयोग पुगोस् भनेर रायमाझीलाई अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्मका लागि निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।
रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि सम्पर्कविहीन रहेका उनलाई प्रहरीले खाेजी सूचीमा राखेकाे छ । उनका छोरा सन्दीपलाई भने प्रहरीले यसअघिनै पक्राउ गरिसकेको छ । मंगलबार बसेको नेकपा एमालेको सचिवालय बैठकले टोपबहादुरलाई अनुसन्धानमा सघाउनुपर्ने आग्रह गर्ने निर्णय गरेको थियो ।
- याे पनि…
प्रतिक्रिया