Logo

अर्थ

कहिले टुंगिएला वित्तीय अपचलनमा मुछिएका प्रभु बैंकका सिईओ शेरचनको मुद्दा ?(भिडियो रिपोर्ट)



काठमाडौं ।   वित्तीय अपचलनमा मुछिएका प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनविरुद्ध राष्ट्र बैंक हुँदै सीआइबीसम्म पुगेको उजुरी अहिले यतिकै सामसुम भएको छ । त्यस्तै प्रभु बैंकमा तेस्रो कार्यकालका लागि सिईओमा पाएको शेरचनको नियुक्ती गैरकानूनी भएको र बदर हुनपर्ने माग राख्दै उच्च अदालत पाटनमा परेको मुद्दा अझै टुंगिएको छैन ।

यस विषयमा राष्ट्र बैंकसँग बुझ्दा सीआइबीले छानबिन गरिरहेको विषयमा बोल्न नमिल्ने जवाफ दिने गरेको छ भने सीआइबीले पनि प्रभु बैंकको विषयमा कुनै उजुरी वा मुद्दा नआएको भन्दै पन्छिन खोजेको छ। केही वर्ष अघि प्रभु बैंकका सिईओ अशोक शेरचन आफैँले सहायक कम्पनी खडा गरी अर्बौ ऋण अपचलन गरेको प्रकरणमा राष्ट्र बैंकको अनुसन्धानमा तानिएका थिए तर पनि शक्ति केन्द्रहरुको दवाबका कारण उनीमाथि छानविन हुन सकेको छैन ।

मुद्दाबारे छलफल चलिरहदा शेरचन कहिले शक्ति केन्द्र धाउने कहिले न्याय किन्न खोज्ने तिकडम गरिरहेका छन् ।सिआईबीले शेरचनले आफन्तका नाममा कर्जा प्रवाह गरी ऋण अपचलन गरेको प्रकरण छानविन गरिरहेका बेला नेपाल प्रहरीलाई अक्षय कोष स्थापनाका लागि २५ लाख दिएपछि सिईओ शेरचनले अनुसन्धानलाई प्रभावित पार्ने उद्धेश्य राखेको प्रष्ट हुन्छ ।

भिडियो रिपोर्ट –

 

 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १७:१२   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।