काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा सांसद आरजु राणा देउवाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट गरेका छन्।
पारिवारिक स्रोतका अनुसार काठमाडौंमा गत जेठ १ गते केटा पक्ष, केटी पक्षका अभिभावक र केही साथीहरूको उपस्थितिमा जयबिरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका हुन्। जयबिर र शिवाना दुबै छुट्टाछुट्टै व्यवसायमा संलग्न छन्। देउवाको पारिवारिक स्रोतका अनुसार जयबिर र शिवानाबीच माघमा बिहे गर्ने तयारी छ।
जयबिरसिंह देउवा दम्पतीका एक्ला सन्तान हुन्।




















प्रतिक्रिया