Logo

धर्म / संस्कृति

नन्दीहरु चोरी निकासी गर्नेलाई कडा कारबाही गर्ने पशुपति क्षेत्र विकास कोषको चेतावनी



काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिर परिसबाट नन्दीहरु चोरी निकासी गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । विगत केही दिन यता पशुपतिनाथको गहना एव वाहनका रुपमा छाडिएका नन्दीहरुलाई गाई फार्म लगायत विभिन्न बहानामा चोरी निकासी गर्ने गरेको पाइएको भन्दै त्यस्ता कार्य गर्नेलाई कारबाही गर्ने चेतावनी कोषले शनिबार विज्ञप्तिमार्फत दिएको हो ।

कोषले त्यस्ता कार्य निन्दनीय र दुःखद भएको पनि जनाएको छ । वर्षमा १३ वटाका दरले पशुपतिनाथको नाउँमा नन्दीहरु छोड्ने परम्परा छ । यसरी छाडिएका नन्दीहरुको रेखदेख तथा खानपानको व्यवस्था कोष तथा पशुपतिनाथमा प्रीति राख्ने दाताहरुको सहयोगबाट हुँदै आएको छ ।

विज्ञप्ति हेर्नुहोस्

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार १८:४६   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।