काठमाडौं । अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल तत्काल डिस्चार्ज नहुने भएका छन् । मंगलबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनी बाँस्बारीस्थित शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका हुन् ।
अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले प्रेस नोट जारी गर्दै भोलि (बुधबार)सम्म राष्ट्रपतिलाई चिकित्सकको निगरानीमा राख्नुपर्ने जनाएका छन् । हाल राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

- याे पनि…




















प्रतिक्रिया