Logo

राजनीति

स्वास्थ्यमा अचानक समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना



काठमाडौं । स्वास्थ्यमा अचानक समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या भएपछि पौडेललाई मंगलबार काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको हो ।

राष्ट्रपति पौडेललाई बिहान ११ बजे अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । उनलाई अस्पतालको भीआईपी कक्षमा राखेर उपचार भइरहेको छ ।

यसअघि वैशाख पहिलो साता पनि अस्वस्थ भएपछि राष्ट्रपति पौडेललाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गरिएको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार १५:०७   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।