Logo

धर्म / संस्कृति

पशुपतिनाथकाे जलहरी जाेख्न भन्दै खाली गरियाे मन्दिर परिसर



काठमाडौं । पशुपतिनाथ मन्दिरकाे सुनकाे जलहरी जाेख्न पशुपति प्राङ्गण क्षेत्रलाई खाली गरिएकाे छ । करिब आधा घण्टादेखि मन्दिरकाे प्राङ्गण खाली गरिएकाे हाे । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ ।

सुनको जलहरी जोख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेपछि पशुपतिनाथ मन्दिर परिसर खाली गराइएको हाे ।

जलहरी राख्दा अनियमिमता भएको सूचना बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ । सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो । उक्त सुनमा तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्राम प्रयोग गरेपछि जलहरीको तौल १०७ किलो ९२४.७५ ग्राम कायम भएको थियो ।

जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको दाबी गरिएको थियो । जलहरी जाेख्नकाे लागि तयारी भइरहेकाे छ ।

 

प्रकाशित मिति : १० असार २०८०, आईतवार १५:५७   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।