Logo

अर्थ

चितवनको भरतपुरमा धान रोप्न नेताहरुको लस्कर



काठमाडौं । यस वर्षको धान दिवस मनाउन चितवनको भरतपुरमा नेताहरुको लस्कर लागेको छ । सामाजिक सञ्जालमा चर्चित नेताहरु यस वर्षको धान दिवस मनाउन काठमाडौंबाट चितवन झरेका हुन ।

नेकपा एमालेका नेता केपी शर्मा ओली, रास्वपा सभापति रबी लामिछाने, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले चितवनमै धान दिवस मनाउने भएका हुन । एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने धान दिवसको अवसरका खेतमा ट्याक्टर चलाएर, धान रोपेर मनाइसेको छन् । उनकी श्रीमती पनि धान रोप्न सँगै गएको देखिन्छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई चितवनमा पुगीसकेका छन् ।

May be an image of 2 people and crowd

May be an image of 7 people

त्यस्तै रबी लामिछाने पनि चितवनमै धान रोप्न गएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाल ललितपुरको खुमालटारमा धान रोपाइँमा सहभागी भएका छन्। उनले नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी भएर मन्त्री भुसालले धान रोपेका हुन्।

त्यस्तै रास्वपाका नेता स्वर्णिम वाग्ले पनि आफ्नै निर्वाचन क्षेत्र तनहुँमा धान रोप्न सहभागी भएका छन् । आज असार पन्ध्र भएका कारण धान रोप्ने चटारोका बीच दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ ।

नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले कपिलवस्तुमा धान रोपेर धान दिवस मनाएका छन् । कपिलवस्तुको शिवगढीमा विप्लवसहितका  नेता कार्यकर्ताले धान रोपेका हुन् । आत्मनिर्भर पार्टी अत्मनिर्भर उत्पादन भन्ने मूल नाराका साथ विप्लवले धान रोपाइमा सहभागी भएका हुन् ।  पार्टीको निर्णय बमोजिम बर्दिया, कपिलवस्तु, चितवन सुनसरी, सिन्धुली र सल्यान गरी विप्लव समूहले ४० बिघामा धान रोपेएको नेकपाका नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार १३:३५   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।