काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु प्रतिपक्षीको बेञ्चमा बसेपनि जनताका मुद्दामा सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन् । उनले सरकारलाई भ्रष्टाचारविरूद्वको प्रकरणमा कारबाहीका लागि सहयोग चाहिए भन्न सरकारलाई आग्रह गरे ।
रास्वपा बुढानीलकण्ठ नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘प्रधानमन्त्री गृहमन्त्रीको खुट्टा दह्रो होस् । साथ चाहिएमा रास्वपा त्यही कुनामा बसेको छ । प्रतिपक्षी बेन्चमा बसे पनि जनताका मुद्दामा रास्वपा सहयोग गर्न तयार छ ।’
सरकारले भ्रष्टाचारको फाइल खोल्ने कामको सुरुआत गरेकोमा उल्लेख गर्दै स्याबासी पनि दिए । ‘सरकारले भ्रष्टाचारको फाइल खोल्ने कामको सुरुआत गरेको छ’, उनले भने, ‘त्यो फाइल खोल्नु र चलाउनु फरक कुरा हो । चलाएको मात्र हो खबरदार खोलेको हो भने स्याबास । हामी छौँ कसैलाई पनि नछोड्नु । सानातिनालाई समाएजस्तो गरेर तर्साएजस्तो नहोस् । कसैलाई तर्साएर सरकार र सत्ता टिकाउने भाँडो मात्रै नबनोस् भ्रष्टाचारको फाइल ।’




















प्रतिक्रिया