Logo

पीएल टी-ट्वान्टी क्रिकेटमा हैदराबाद पञ्जाबसँग १२ रनले पराजित



आईपीएल टी-ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । युएईमा जारी १३औं संस्करणको खेलमा पञ्जाबले हैदराबादलाई १२ रनले हराएको हो ।

पञ्जाबले दिएको एक सय २७ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा हैदराबाद १९ दशमलव ५ बलमा एक सय १४ रन बनाउँदै अलआउट भएको हो । हैदराबादका लागि कप्तान डेभिड वार्नरले २० बलमा ३५ रन बनाए पनि अरु ब्याट्सम्यानले योगदान गर्न सकेनन् ।

हैदराबादलाई कम योगफलमै रोक्न क्रिस जोर्डन र अर्शदीप सिंहले समान तीनरतीन विकेट लिए । त्यस्तै मोहम्मद शामी, मुरुगन अश्विन र रबि बिश्नोईले समान एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २६ रनको मध्यम योगफल बनाएको थियो । पञ्जाबका लागि निकोलस पूरनले ३२, कप्तान तथा विकेटकीपर केएल राहुलले २७ रन बनाए । बलिङतर्फ हैदराबादका लागि सन्दीप शर्मा, जेसन होल्डर र राशिद खानले समान दुईरदुई विकेट लिए । जितसँगै पञ्जाब दश अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आईतवार ०७:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।