काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा पार्टीका केन्द्रीय विभागहरु थप गर्ने प्रस्ताव गरिएको छ । पार्टी मुख्यलय सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले केन्द्री विभागहरु गठन गर्ने प्रस्ताव गरेका हुन् ।
विधानमा अहिले ४८ विभाग रहेकोमा थप २२ विभागहरु थप गर्ने प्रस्ताव भएको हो । जसअनुसार न्याय तथा मानवअधिकार विभाग, नविनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक–सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वधार विभागलगायत रहेका छन् ।




















प्रतिक्रिया