काठमाडौं । नेपाली कांग्रेसले ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ । ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ यो अभियान चलाउने प्रस्ताव पार्टी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले गरेका हुन् ।
२० साउन २०८० देखि ३१ असार २०८१ सम्म यो अभियान चलाउने महामन्त्री थापाको प्रस्ताव छ । मंसिर–पुस २०७८ मा भएको १४ औं महाधिवेशनको समयमा कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य थिए ।
थापाका अनुसार उनीहरुको सदस्यता साउनभित्र उपलब्ध गराइने छ भने भदौ, असोज र कात्तिकमा जिल्ला कमिटीहरुले नवीकरण गर्नेछन् । नयाँ सदस्यका लागि कांग्रेसले अनलाइन प्रणाली सुरु गरेको छ । यसलाई अझ प्रभावकारी बनाउने महामन्त्री थापाले बताए ।




















प्रतिक्रिया