Logo

प्रमुख समाचार

केन्द्रीय समितिमा नैनसिंह महरको प्रश्न : कोशी नामकरण विवादबारे कांग्रेसको धारणा के ?



काठमडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबार पनि जारी छ । मंगलबारदेखि पार्टी मुख्यालय सानेपामा सुरु भएको बैठक दोस्रो दिन आज मंगलबार प्रस्तुत विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथि केन्द्रीय यसदस्यहरूले धारणा राखिरहेका छन् ।

धारणा राख्ने क्रममा केन्द्रीय सदस्य नैनसिंह महरले कोशी प्रदेशको नामकरण विवादका विषयमा कांग्रेसको आधिकारिक धारणा के ? भन्दै प्रश्न गरेका छन् । उनले कोशीमा बनेको नयाँ सरकारबारे पनि कसैले प्रश्न गर्दा अलमल्ल पर्ने स्थिति रहेको बताए । बैठकमा उनले भने, ‘बोल्न मिल्थ्यो कि मिल्दैनथ्यो । तर मैले भन्नै पर्छ –कोशी प्रदेश नामकरण विवाद र सरकार गठनबारे कांग्रेसको धारणा के ?’

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार ०४:००   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।