Logo

प्रमुख समाचार

मधेशप्रति कांग्रेस उदासीन देखियो : प्रदेश सभापति यादव



काठमाडौं । नेपाली कांग्रेसका मधेश सभापति कृष्णप्रसाद यादवले पार्टी र सरकार दुवै मधेशप्रति उदासीन रहेका गुनासो गरेका छन् । मधेश कांग्रेसको जननी भएपनि पार्टीले मधेशलाई बेवास्ता गरेको उनको गुनासो थियो । बुधबारकाे केन्द्रीय समिति बैठकमा बाेल्दैउनले भने, ‘मधेश भनेको कांग्रेसको जननी हो । मधेश जबजब बलियो भएको छ तब कांग्रेस सत्तामा गएको छ । तर मधेशप्रति कांग्रेस उदासीन छ । सरकार पनि उदासीन छ ।’

उनले सरकारले पनि मधेशलाई कम बजेट निनियोजन गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘१६ लाख जनसंख्या भएको कर्णालीमा १६ अर्ब बजेट विनियोजन भएको छ । तर मधेशमा ६५ लाख जनसंख्या छन् । जहाँ १३ अर्ब विनियोजन गरिएको छ । यसले मधेप्रति कांग्रेस र सरकार उादासीन छ भन्ने देखाउँदैछ ।’

प्रदेश सभापति यादवले मधेशलाई कांग्रेसमय बनाउन सकिने भन्दै यसप्रति पार्टीले सोच्नुपर्ने बताए । उनले पार्टीका भातृ तथा सुभेच्छुक संस्थामा पनि मधेशको प्रदेश समितिलाई कुनै वास्तै नगरी मनोनयन गरिएको भन्दै असन्तुष्टि पोखे । सभापति यादवले गठबनधनका कारण देशभर कांग्रेस कमजोर भएको धारणा पनि राखे । उनले केन्द्रीय समिति बैठक लाइभ गरिएकोमा पनि असन्तुष्टि जनाएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार १६:४५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।