काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाईली स्नेहीले नेतृत्वको पार्टी संचालन शैलीप्रति आपत्ति जनाएको छ । मंगलबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा उनले एक वर्षसम्म बैठक नबस्ने कुरा कसले ठिक भन्छ ? भन्दै प्रश्न गरे ।
विधानलाई मात्र अक्षरशः पालना गर्न सके पार्टी सक्रिय हुने नेता स्नेहीको भनाइ छ । पार्टीको विधान देखाउँदै उनले भने, ‘यो मैले मेरो घरबाट ल्याएको पुस्तक होइन । यसमा कसले के काम गर्ने भन्ने प्रष्ट लेखिएको छ । भातृ संस्था कसले बनाउने ? पूर्णता सकले दिने ? विभागीय प्रमुख कसले बनाउने, कति समयमा बनाउने सबै छ । यसमा भएका कुरा अक्षरशः पालना गरौं ।’




















प्रतिक्रिया