आज आश्विन शुक्ल एकादशी अर्थात पापांकुशा एकादशीका रूपमा मनाइँदैछ । आजको एकादशीका दिन व्रत बसे विगतमा जानी नजानी गरेका पापमा अङ्कुश लाग्ने धार्मिक विश्वास छ ।

दशैँको टीकाको भोलिपल्ट पर्ने यो एकादशीको आफ्नै विशेष महत्व छ। आजको दिन बिहानै उठेर नुहाइ(धुवाइ चोखो कपडा लगाएर व्रत सुरु गर्ने गरिन्छ। पूजापाठ र मन्दिर दर्शनपछि एकादशी महिमा सुन्ने चलन पनि छ।

आजको एकादशीमा व्रत बस्नाले मामाघर तर्फबाट दश पुस्ता, पितृकुल तर्फबाट दश पुस्ता र श्रीमती या श्रीमानको कुलतर्फबाट दश पुस्ता पितृहरुले बैकुण्ठ प्राप्त गर्ने शास्त्रीय मान्यता तथा जनविश्वास छ।

यसैबिच काठमाडौँको बुढानिलकण्ठको नारायण मन्दिरमा पनि दर्शनार्थीले पूजापूजा तथा आराधना गरेका छन् । कोरोना संक्रमणका बिच पनि मन्दिरर परिसरमा दर्शनाथीले पूजा तथा आराधना गरेका हुन् ।




















प्रतिक्रिया