Logo

प्रमुख समाचार

एमालेमा जिम्मेवारी हेरफेर



काठमाण्डौ। नेकपा एमालेले शुक्रबार अन्तरपार्टी निर्देशन ‘अपानि’ जारी गर्दै केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको बताएको छ।

एमालेले केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेको बागमती प्रदेशको इन्चार्ज गुरू बराललाई तोकेको छ।

त्यस्तै काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौंको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज तोकिएको अपानिमार्फत् बताइएको छ।

सामाजिक सेवा विभागको प्रमुखमा झपटबहादुर बोहरालाई तोकेको छ। कर्णाली प्रदेश कमिटीको सचिव रहेका कमल शाहीलाई जिम्मेवारीबाट हटाएर खाली हुने ठाउँमा उपसचिव टेकराज पछाईलाई मनोनयन गरिएको अपानिमा उल्लेख छ।

दीपकप्रकाश भट्टले अर्थयोजना विभागको सचिवबाट र सोभियत ढकालले विपद व्यवस्थापन तथा स्वयंसेवा विभागको सचिवबाट बिदा भएर भूगोलमै काम गर्न चाहेकाले अहिलेको कार्यविभाजनबाट बिदा दिएको एमालेले बताएको छ।

दुई केन्द्रीय सदस्य पदमुक्त, चार जनाले लिए बिदा

अपानिमार्फत नै एमालेले पार्टीका दुई केन्द्रीय सदस्य पदमुक्त भएको र चार जनाले बिदा लिएको बताएको छ।

काठमाडौं महानगरपालिकाका मेयरका प्रत्यासी केशव स्थापित र सिराहका प्रमोदनारायण यादवले केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग हुन चाहेकाले पदमुक्त गरेको बताएको छ।

त्यस्तै, एमालेले अजय क्रान्ति शाक्य (काठमाडौं), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन), पुरनसिंह दयाल (बैतडी) लाई बिदा दिएको बताएको छ। उनीहरूले स्वास्थ्यका कारण पार्टीका सक्रिय हुन नसकेको जानकारी गराएर बिदा माग गरेकाले सोही अनुरूप स्वीकृत गरिएको बताएको छ।

एमालेले लामो समयदेखि पार्टीको काममा संलग्न नभएका अन्य केही नेताहरूको हकमा अवस्था र कारण बुझेर आगामी बैठकमा आवश्यक निर्णय लिने बताएको छ।

गत सोमबार बसेको एमाले सचिवालय बैठकले स्थायी कमिटी सदस्य मणि थापासँग सोधपुछ गर्ने निर्णय गरेको थियो। उनी पनि दसौं महाधिवेशन पनि सक्रिय छैनन्। उनले पनि पार्टीमा फर्कने मुड नरहेको बताउँदै आएका छन्।

अपानिमा यसबारे केही खुलाइएको छैन। अर्को बैठकले निर्णय गर्ने मात्रै भनिएको छ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार २१:४९   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।